काठमाडौं– पहेँलो रंगको (सुन) कछुवासहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन्। काठमाडौंको सोल्टीदोबाटोमा सुन कछुवा बिक्री गर्नका लागि 'बार्गेनिङ' गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंको बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँको सुधेकुना नगरपालिका–१० र भइ काठमाडौंको माछापोखरी बस्ने २२ वर्षीय प्रका खाती, दोलखाको गौरीशंकर गाउँपालिका–८ घर काठमाडौंको बुढानीलकण्ठ बस्ने ३३ वर्षीय राज कुमार तामाङ र तनहुँको भानु नगरपालिका–३ घर भइ काठमाडौंको रानीबारी बस्ने ४२ वर्षीय हरि परियार छन्।
प्रहरीले उनीहरुको साथबाट जिउँदो सुन कछुवा एउटा र नगद करिब ७० हजार रुपैयाँ बरामद गरेको छ।
केही व्यक्तिहरुले संरक्षित जीव कछुवा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट प्रहरी निरीक्षक शिशिर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई सोल्टी दोबाटोबाट पक्राउ गरेको हो।
पक्राउ परेका ४ जनामाथि अनुसन्धान भइरहेको अनुसन्धान सकिएपछि आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइने प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।