काठमाडौं– प्राइम कमर्सियल बैंकको १४औं वार्षिक साधारण सभा पुस ६ गते हुने भएको छ। सभा बैंकको मुख्य कार्यालय कमलपोखरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
साधारण सभमा भिडियो कन्फ्रेन्समार्फत सहभागी हुन चाहने सेयरधनीलाई पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ। सभाले बैंकको गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई दिन प्रस्ताव गरिएको १६.६३१५ लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश पारित गर्नेछ।
बैंकले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अजेन्डा पनि छ। यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ।सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।