काठमाडौं– सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ।
६५ वर्ष ननाघेका व्यक्तिले आगामी १५ दिनभित्र दरखास्त दिन सक्ने पदपूर्तिसम्बन्धी सूचनामा उल्लेख छ। यसअघि उपसचिव डा. डिल्लीराज अर्याल कम्पनीको सीइओ थिए।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अर्याललाई सीईओ नियुक्त गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्याललाई फिर्ता बोलाएपछि कम्पनी नेतृत्व बिहीन बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।