काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन्।
यादवले दिएको राजीनामा स्विकृत गरी उनको जिम्मेवारी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई दिइएको छ। यादवले स्वास्थ्यका कारण राजीनामा दिएको बताइएको छ। ‘उमेर पनि धेरै भयो। पार्टी महाधिवेशनका लागि धेरै खट्नुपर्छ। हामीले सल्लाह गरेर नै आराम गर्नुस भनेका हौं।’ निर्वाचन समितिका सदस्य एगराज पोखरेलले भने।
यस अघिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि यादवलाई उक्त पदको जिम्मेवारी दिइएको थियो। तल्लो तहको अधिवेशन हुँदा संस्थापन पक्षको आडमा एकतर्फी अधिवेशन गराएको आरोप पनि यादव माथि लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।