काठमाडौं– निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३१.०५ प्रतिशत लाभांश दिने भएको छ।
लघुवित्त सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी लाभांश वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।