काठमाडौं– जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रिबस जाजरकोठको कुदु बराहचौक नजिक दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ।
बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। बसमा ३२ यात्रु रहेको उनको भनाइ छ।
घाइतेहरुको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। राति साढे २ बजेतिर नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो। मृतक तथा घाइतेको विवरण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।