काठमाडौं– देशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागको मौसम सफा रहने महाशाखाको भनाइ छ।
दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
त्यसैगरी, आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाइएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ राति गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
तराईका भू–भागहरुमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनका लागि महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।