काठमाडौं– पत्रकार भरतबन्धु थापाले ‘तस्बिरमा नेपाल’ फोटो पुस्तक बजारमा ल्याएका छन्। ‘तस्बिरमा नेपाल’ पुस्तक थापाको छैटौं कृती हो।
पुस्तकमा पूर्वमा ओलाङचुङगोलादेखि पश्चिममा कालापानीसम्म र उत्तरमा सगरमाथादेखि दक्षिणमा जनपुरसम्मका तस्बिरहरू समावेश गरिएको छ।
सातै प्रदेशको परिचयसहित त्यहाँका प्रमुख स्थानका तस्बिरहरूलाई एउटै कृतिमा समेटेर नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रकाशन गरेको हो।
पुस्तकमा फोटो पत्रकार भरतबन्धु थापाले विगत दुई दशकदेखि कैद गरेका नेपालको भौगोलिक, प्राकृतिक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ४ सयभन्दा बढी तस्बिरहरू समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।