हेटौंडा– लोपोन्मुख वन्यजन्तु बाघको जस्तो देखिने दाँत र डेढ लाख रुपैयाँ नगदसहित मकवानपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १० बसपार्कबाट १ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–६ बस्ने ५९ वर्षीय भीम राउत छन्। प्रहरीले उनको साथबाट बाघको जस्तो देखिने दाँत १ थान र नगद १ लाख ५२ हजार रुपैयाँ बरामद गरेको छ।
बाघको दाँतसहित पक्राउ परेका राउतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।