काठमाडौं- नबिल बैंकले ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम सुरु गरेको छ।
बैंकले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा यो कार्यक्रम सुरु गरेको हो।
हरेक नेपालीलाई सामजिक उद्यमशील बनाउन त्रिविसँग सहकार्य गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले जानकारी दिए।
बैंकले शुक्रबार त्रिवि परिसरमा एक कार्यक्रम गरेर यसबारे जानकारी दिएको हो। यो कार्यक्रम त्रिविसँग प्रमाणपत्र र फेलोसिप गरी दुई किसिमबाट हुने बैंकले जनाएको छ।
कार्यक्रमबाट वार्षिक ४० जना सामाजिक उद्यमी तयार पर्ने सीईओ शाहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।