• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, सर्वसाधारणलाई सेयर बाँड्ने तयारी

64x64
रासस शुक्रबार, मंसिर १०, २०७८  १३:१४
1140x725

काठमाडौं- ४० वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ।

वि.सं. २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको हो। यस कम्पनीले पहिलोपटकको नाफामा कर तिरेर एक करोड ९२ लाख रुपैयाँ कमाएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए। त्यसको अर्को वर्ष अर्थात् आव २०७६/७७ मा यस कम्पनीले एक करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो।

आव २०७७/७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ। यो आवमा पनि कम्पनी नाफामा छ। सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनी नै नाफामा रहेको एकमात्र संस्था हो। अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थानसम्बन्धी प्रगति प्रतिवेदनमा पनि यो उल्लेख गरिएको छ। कम्पनीले आव २०७६/७७ देखि सेयरधनीलाई लाभांश बाँड्न थालेको छ। गत आवको लेखापरीक्षण सम्पन्न भएपछि सर्वसाधारणलाई सेयर निष्काशन गर्ने तयारीमा पनि कम्पनी लागेको छ।

हाल सरकारी निकायमात्र कम्पनीको सेयर सदस्य छन्। वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको सेयर सदस्यका रूपमा रहेका छन्। सर्वसाधारणलाई पनि सेयर बिक्री गरेर कम्पनीको पुँजी वृद्धि गरी जडीबुटी उद्योग प्रवर्द्धन गर्ने लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको छ।

नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छन्। वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ। हाल ३०० वनस्पति व्यापारिकरूपमा प्रयोग भइरहेको छ। यसमध्ये कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको महाप्रबन्धक कार्की बताए।

विश्व बजारमा सुगन्धित तेलको माग वार्षिक १७.२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ। सन् २०२७ सम्म वार्षिक ७.५ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ। नेपालले सन् २०१५ मा ५० लाख डलर बराबरको सुगन्धित तेल निर्यात गरेको थियो। यो विश्वबजारको मागको ०.०२ प्रतिशतमात्र हो। 

'यो तथ्याङ्‍कलाई हेर्दा नेपालमा जडीबुटीको अथाह सम्भावना रहेको छ, विश्वबजारमा जडीबुटीजन्य तेल तथा वस्तुको माग अत्यधिक छ, यसैले कम्पनीलाई सुगन्धित तेल तथा जडीबुटीजन्य सामग्रीको उत्पादनमा दक्षिण एसियाकै प्रमुख कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम भइरहेको छ, अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित उत्तम अभ्यासलाई दिगो सङ्‍कलन, खेती, प्रशोधन, उत्पादन र बिक्री वितरणमा लागू गर्दै अधिकतम् रोजगारीको सिर्जना गरी विपन्न तथा निम्न आय भएका नागरिकको सामाजिक-आर्थिक अवस्थालाई उकास्ने काममा अघि बढेको छ,' महाप्रबन्धक कार्कीले भने।

उद्देश्य प्राप्तिका लागि कम्पनीलाई गत वर्ष सरकारले लगानीस्वरुप १८ करोड रुपैयाँ दिएको थियो। महाप्रबन्धक कार्कीले कम्पनीको विकास एवं विस्तार तथा संरचनात्मक सुधारका लागि वन तथा वातावरण मन्त्रालयमार्फत् अर्थ मन्त्रालयमा पेस गरेको व्यापारिक योजनाअनुरुप सो रकम लगानी गर्न प्राप्त भएको हो। १० करोड रुपैयाँ सेयरका रूपमा आठ करोड रुपैयाँ ऋणस्वरुप सरकारले प्रदान गरेको हो। यसबाट कम्पनीको विस्तार तथा विकासका काम भइरहेको जनाइएको छ। मानव संशाधन विनियमावली निर्माण गरी आवश्यक योग्य जनशक्ति आपूर्ति गर्न लागिएको छ। आवश्यक योग्य जनशक्ति पाएर विस्तार एवं विकास भएपछि कम्पनीले वार्षिक एक अर्ब रुपैयाँ बराबर कारोबार गर्ने लक्ष्य राखेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उत्पादन भवन अन्तिम चरणमा
कम्पनीका जडीबुटीजन्य उत्पादन र यसका संरचनासमेतलाई आधुनिकीकरण र व्यावसायिक बनाउन उत्पादन भवन निर्माण अन्तिम चरणमा पुगेको छ। परम्परागतरूपमा हाते प्रविधिबाट उत्पादन भइरहेका सामग्रीलाई स्वचालित यन्त्रको प्रयोग गरी ‘फिलिङ तथा क्यापिङ’ गरेर उत्पादन बढाइने भएको छ। यसका लागि नयाँ यन्त्र खरिदको प्रक्रिया अघि बढेको छ।

नयाँ यन्त्रका माध्यमबाट उत्पादनको लागत घटेर क्षमता वृद्धि हुनेछ। यो भवनभित्र आधुनिक प्रयोगशाला कक्षको निर्माण भइरहेको छ। राम्रो प्रयोगशाला अभ्यासमा आधारित भएर कक्ष निर्माण गर्न लागिएको हो। कम्पनीका उत्पादनको गुणस्तर मापन तथा नियन्त्रणको काम प्रयोगशालाले गर्नेछ।

आधुनिकरूपमा दोब्बर सञ्‍चो उत्पादन
कम्पनीले लोकप्रिय उत्पादन सञ्‍चोलाई आधुनिकतामा प्रवेश गराउने भएको छ। यसै आर्थिक वर्षदेखि ८५ लाख थान सञ्‍चो सीसी उत्पादन तथा बिक्री वितरण गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ। कम्पनीले गत वर्ष पुसमा ४० लाख थान सञ्‍चो सीसी उत्पादन गरी बिक्री गरेको थियो। वि.सं. २०७७ अघि ३० लाख उत्पादन भइरहेको सञ्‍चो नयाँ व्यावसायिक योजनासहित अघि बढेपछि दोब्बर उत्पादन हुन लागेको हो।

नेपालको उच्च पहाडी क्षेत्रमा पाइने धसिङ्ग्रे, टिमुरलगायत फरक तेलजन्य वनस्पतिको सम्मीश्रणबाट सञ्‍चो तेल उत्पादन हुन्छ। सञ्‍चो कफ, रुघाखोकी, हाड तथा जोर्नीको दुखाइ आदिमा प्रयोग गरिन्छ। सञ्‍चोबाट यी समस्या समाधान भइ प्रयोग गर्नेको सङ्ख्या बढ्ने गरेको छ। कफ, रुघाखोकीलगायत समस्या समाधानका लागि प्रयोग गरिने ‘झण्डु बाम’ वार्षिक ५० करोड रुपैयाँको भारतबाट आयात हुने गरेको छ। सञ्‍चोजस्ता उत्पादनलाई बढाएर आयात रोक्ने काम गर्ने कम्पनीले जनाएको छ।

Xtrem

Xtrem

बागमती प्रदेशसभा सदस्य विशाल खड्का यस्तै प्रकारका उत्पादनको आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादन बढाउन नीति निर्माण तहबाट सहयोग गर्ने उद्देश्यले आफूले कम्पनीको भ्रमण गरेको बताउँछन्। प्रदेशसभा र प्रदेश सरकारका तर्फबाट जडीबुटी उत्पादन एवं प्रशोधनका लागि आवश्यक सहयोगका लागि पहल गर्ने उनको प्रतिबद्धता छ।

कम्पनीले हाल बाराको तामाको गढी, मोरङको बेलबारी, सुनसरीको तरहरा, कैलालीको टीकापुरमा व्यावसायिकरूपमा जडीबुटी खेती गरेको छ। यहीँको खेतीबाट अहिले कम्पनीले आफ्ना उत्पादनका लागि कच्चा पदार्थ तयार पार्ने गरेको छ। यी ठाउँमा घाँस उत्पादन गरेर तेल उत्पादन गर्ने र त्यसबाट औषधि बनाउने गरिन्छ। रामेछापमा रहेको कम्पनीको जग्गामा धसिङ्ग्रे प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य कम्पनीले राखेको छ।

नेपालमा हिमाल, पहाड र तराई तीनवटै फरक भूगोल एवं हावापानीमा पाइने जडीबुटीलाई उपयोग गर्न तीनै तहका सरकारबीच सहकार्यको वातावरण बनाउन पनि कम्पनी लागिपरेको छ। स्थानीय तहसँग आफ्नो भूगोलभित्र कुन-कुन जातका कति थरि वनस्पति पाइन्छ भन्नेसम्मको सूचना नभएकाले सहकार्य गर्ने तयारीमा कम्पनी लागेको हो।

नेपालमा पनि कर्णालीलाई जडीबुटीको भण्डार मानिन्छ। कम्पनीले कर्णालीको जडीबुटी क्षेत्रको अध्ययन भ्रमण गरेर त्यसको विकास र विस्तारका लागि मुख्यमन्त्रीसँग पनि वार्ता गरेको छ। अन्य प्रदेश सरकारसँग पनि सहकार्य गरी जडीबुटी उद्योगलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ कम्पनी अघि बढेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
मुगुमा पहिरोले बोलेरो जिप पुरियो बुधबार, असोज २१, २०८३
अर्घाखाँचीमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा, यी जिल्लामा पनि भारी बुधबार, असोज २१, २०८३
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्