काठमाडौं– जीवन तथा निर्जीवन बीमा कम्पनीलाई शत प्रतिशत पुनर्बीमा स्वदेशी पुर्नबीमा कम्पनीमा गर्न बीमा समितिले निर्देशन दिएको छ।
जीवन तथा निर्जीवन बीमा कम्पनीलाई एक सर्कुलर जारी गर्दै समितिले यस्तो निर्देशन दिएको हो।
नेपाली पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी पुनर्बीमा कम्पनीहरुलाई व्यवसाय दिन पाउने सर्कुलरमा उल्लेख छ।
हाल जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीमा २० प्रतिशत अनिवार्य पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ।
निजी क्षेत्रको स्वामित्व रहेको हिमालयन रि सञ्चालन आउको र केही कम्पनी आउने तयारीमा रहेको अवस्थामा आएपछि समितिले यस्तो निर्देशन दिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।