• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'न्याय मार्च'बाट दलहरूलाई खबरदारी– अदालतको 'राणा शासन' कहिलेसम्म सहने?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ९, २०७८  १९:४७
1140x725

काठमाडौं– बिहीबार सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्च पास 'न्याय मार्च' गरेका पेसाकर्मी तथा अभियन्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध तत्काल महाअभियोग प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। राणाविरुद्ध नबढाए दलविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ। 

प्रधानन्यायाधीश राणाले विचौलियाको संरक्षण तथा अदालतमा भ्रष्टाचार संस्थागत गरी विकृतिहरू बढाउन सहयोग गरेका कारण उनलाई पदबाट हटाउन अपरिहार्य भइसकेको अभियन्ताहरूको भनाइ छ। तत्काल संसद अधिवेशन आह्वान गरी राणाविरुद्ध महाअभियोगको प्रक्रिया अगाडि बढाउन पनि उनीहरूले आग्रह गरेका छन्। 

प्रधानन्यायाधीश राणाविरुद्ध कात्तिक ८ गतेदेखि जारी नेपाल बार एसोसिएसनको आन्दोलनमा बिहीबार विभिन्न पेसागत संगठन र अभियन्ताहरूले पनि ऐक्यवद्धता जनाएका छन्।  ८ वटा पेसागत संघ–संस्थाका तर्फबाट बोल्ने वक्ताहरूले न्यायको पवित्रस्थल बचाउनका लागि बारको आन्दोलनमा पूर्ण सर्मथन रहने बताए। 

बारले चलाएको आन्दोलनमा साथ र सहयोगसँगै आवश्यक परेमा आगामी दिनमा सक्रिय रुपमा आन्दोलनमा सरिक हुने पनि उनीहरूले प्रतिवद्धता जनाए। 

बिहीबार २ वजे सर्वोच्च अदालतको गेटवा सुरु भएको मार्चपास बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छेउ पुगेर कोण सभा गरेर सकिएको थियो। 

कसले के भने?
नेपाल बारको अग्रसरतामा भएको बिहीबारको मार्च पासमा नेपाल पत्रकार महासंघ, इन्जिनियर्स एसोसिएसन, आदिवासी जनजाति महासंघ, जन स्वास्थ्य संघ, शिक्षक महासंघ र विहृत नागरिक आन्दोलनको सहभागिता रहेको थियो। मार्च पासपछि आयोजित कोण सभालाई सहभागी सबै संगठनका प्रतिनिधिले सम्बोधन गरेका थिए।  

पुर्णमान शाक्य, अध्यक्ष सर्वोच्च बार एसोसिएसन 
यो आन्दोलन हाम्रो रहर हैन। विकृतीको पराकाष्टा नाघेका कारण हामीले सुरु गरेका हौं। संवैधानिक अंगहरूले आफ्नो भूमिका पूरा नगरेका कारण कानुन व्यवसायी अनि विविध पेसागत संघ–महासंघहरू आन्दोलनमा आएका छौं। अब प्रभानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई फर्केर सर्वोच्च आउन नदिन यो आन्दोलन सडकमा आएको हो। उनी आउने बाटो अब समाप्त भएको छ। हामीले प्रधानन्यायाधीश राणालाई बिदाई गरिसकेका छौं। अब उनी संवैधानिक रुपमा बहिर्गमन हुन मात्र वाँकी छ।

श्रीकृष्ण भट्ट, अध्यक्ष जनस्वास्थ्य संघ
हामीले धेरै दिनदेखि भइरहेको आन्दोलन हेरिरहेका छौं।  राजनीतिक दलहरू किन सुतिरहेका छन्? हामी प्रश्न सोध्न चाहन्छौं। दलहरूले अब भन्नुपर्‍यो कि चोलेन्द्र शमशेर ठिक छन् कि हामी ठिक छौं?  राणा ठिक छैनन् भने तत्काल महाअभियोग लगाउन अघि वढ्नुस्। यदि तपाईंहरू नतात्ने हो भने अब जनता सडकमा आउनुपर्ने भएको छ। सडकमा आम जनता लाखौंको संख्यामा आएपछिमात्र दलहरूले चेत्ने हो भने राजनीतिक दलहरूमाथि पनि प्रश्न उठ्ने छ। राजनीतिक दलहरूको व्यवस्थामाथि पनि प्रश्न उठ्ने छ। 

nimb
nimb
Ncell 2
Ncell 2

जगत बराम, अध्यक्ष आदिवासी जनजाति महासंघ 
सामाजिक न्यायको लागि भएको आन्दोलनमा हाम्रो समर्थन छ। विचौलिया र न्यायालयभित्र भएको भ्रष्टाचारको विरुद्धको भएकाले निरन्तर समर्थन छ। न्यायालयमा आज भ्रष्टाचार ,विचौलिया र तस्करी मैत्री भएको छ। पैसा हुनेहरूका लागि अदालत हुन सक्दैनन्। राणा शासन अन्त्य भयो होला भनेको सर्वोच्च अदालतमा वाँकी रहेको छ। बार र अरु संघ महासंघहरू सडकमा आउँदा राजनीतिक दलहरू मौन बस्न पाइँदैन। अब दलहरूविरुद्ध  पनि आन्दोलित हुनुपर्ने भएको छ। यदि यसैगरी मौन हुने हो भने राजनीतिक दलहरूविरुद्ध आन्दोलन सुरु हुने छ। 

छविराज पोखरेल, अध्यक्ष इन्जिनियर्स एसोसियसन 
न्याय मर्नु भनेको राज्य मर्नु हो। अन्तिम अवस्थामा न्याय खोज्न जाने ठाउँ सर्वोच्च अदालत हो। त्यसैविरुद्ध आन्दोलन गर्ने, अनि हामीले सर्मथन गर्नुपर्ने दु:खद अवस्था रहेको छ।  न्याय पाउने अन्तिम आश रहेको स्थानमा बसेकाले न्यायको चिरहरण गरेको छ। आन्दोलनमा साथ दिन तयार छौं। न्याय मर्न दिन हुँदैन, यो हाम्रो पनि अभियान हो। त्यसैले बारको हरेक कदममा साथ हुने छ। 

कमला तुलाधर, अध्यक्ष नेपाल शिक्षक महासंघ 
नेपालको कानुन दैवले जानुन भन्ने कुरा पहिले सुनेको अहिले अहिले देखिरहेको छु। नागरिकहरूको आन्दोलनबाट सधैं न्यायको पक्षमा आवाज उठेको छ। सधैं परिवर्तनका लागि  जनता सडकमा आएका छन्। अब पनि जनता सडकमा आएका छन्, दलहरू होसियार हुनुहोला। सामान्तवादको अवशेष राणा रहेछन् भन्ने देखिएको छ। विचौलियाहरूलाई संरक्षण भइरहेको कुरा आएका छन्, न्याय नपाउनेले पाएका तथ्यहरू सार्वजनिक भएका छन्। तर, दु:खद्, दलहरू मौन रहेका छन्।  प्रधानमन्त्री शेरवहादुर देउवा अब मुख खोल्नु पर्छ। सम्पत्ति पनि छानबिन हुनुपर्छ। दलहरूले तत्काल संसद बोलाएर प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्नुपर्छ।

रमेश विष्ट, वरिष्ठ उपाध्यक्ष नेपाल पत्रकार महासंघ 
जनताले न्याय नपाउने व्यवस्था लोकतन्त्र हैन। राजनीतिक दलहरू अहिले महाअभियोग नलगाउने जसरी बसेका छन्, यो जनताको जनमतको घोर अपमान हो। बारको आन्दोलनमा हाम्रो सर्मथन छ। भविष्यमा खुट्टा नकमाएर अघि बढ्न आग्रह गर्छु। दलहरूले बेलैमा आँखा खोल्न जरुरी छ। राणाविरुद्ध महाअभियोगको पक्रिया अगाडि नबढाउने हो भने यो व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको छ। 

नारायणा वाग्ले, पत्रकार/अभियन्ता 

गत वर्ष प्रतिगमनको प्रतिरोधमा संगठित नागरिक आन्दोलनले जुन ठाउँमा तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो। एक वर्षपछि फेरि आज त्यही ठाउँमा आइपुगेका छौं। हाम्रो तेस्रो जनआन्दोलनको घोषणाको औचित्य पुष्टि भएको छ।

जुन राजनीतिक नेताहरुलाई हामीले नेपाल रुपान्तरण गर, राज्य प्रणाली बदल भनेर जिम्मेवारी दिएर पठाएका थियौं। सिंहदरबारको सिँढी चढेपछि हाम्रा शासकहरु जंगबहादुर राणा बन्न थाले। ‘जबरा’ बन्न थाले।

राजनीतिक पार्टीहरुलाई जिम्मेवार बनाउन हाम्रो बृहत् नागरिक आन्दोलन जारी छ।

हाम्रो आन्दोलनले बुढानिलकण्ठमा सुतिरहेका व्यक्तिलाई पानी छम्केर बालुवाटारमा ल्यायो। तिनी एक महिनासम्म पनि बालुवाटारमा सुतेको सुत्यै छन्। सुतिरहने हो भने बुढानिलकण्ठ फर्किए हुन्छ। 

अर्का एक जना नेता हुनुहुन्छ। हिजो क्रान्ति गरेको भनेर सधैं गफ गर्नुहुन्छ। तर आजभोलि दैनिक रुवाबासीको भाषण गर्नहुन्छ। उहाँलाई जिम्मेवारी बोध गर्न दबाब दिन्छु।

नेपालको राज्य रुपान्तरणमा हिजो न्यायपालिकालाई जस्ताको तस्तै छोडियो। राजनीति गर्छु भन्ने, देश बदल्छु भन्नेले न्यायपालिका बदल्नुपर्छ कि पर्दैन?

अर्को नेता हुनुहुन्छ। लाखौं कार्यकर्ताका साथ अहिले नारायणी किनारमा हुनुहुन्छ। अहिले न्यायापालिकालाई न्याय भन्ने तत्व नै नरहेको चिज बनाइसक्दा पनि ‘फैसला गर्ने सबैले राजीनामा दिउन्’ भन्दै न्यायपालिकाप्रतिको आफ्नो जवाफदेहिता र भूमिका बिर्सिने नेतालाई म भन्छु, तपाईं काठमाडौं नफर्किए हुन्छ। नजिकै देवघाट छ। नारायणी किनारबाट देवघाट जानुस्। पाँच लाख कार्यकर्ताले एकएक रुपैयाँ उठाए भने तपाईंलाई सुनको कमन्डलु किन्न पुग्छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सांसद पोखरेलले मागे माफी
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था
सम्बन्धित सामग्री
रास्वपा सांसद पोखरेलले मागे माफी ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले... शनिबार, वैशाख १२, २०८३
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ:  संसद् का... शनिबार, वैशाख १२, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन हरेक वर्ष बाढीका कारण नदीकिनारका हजारौं मानिसले ज्यान जोगाउन घर–सामान छाडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै उनले यस्त... शुक्रबार, वैशाख ११, २०८३
ताजा समाचारसबै
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे शनिबार, वैशाख १२, २०८३
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्