काठमाडौं– सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेका र निर्णय सुनाउने मिति (निसु) तोकिएका मुद्दाको पनि अब गोलाप्रथाबाट पेसी तोकिने भएको छ।
यसअघि निसु तोकिएका र हेर्दाहेर्दैमा रहेका मुद्दा एउटै न्यायाधीशको इजलासमा पर्ने गरेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण (फुल कोर्ट) बैठकले निसु तोकिएका र हेर्दाहेर्दैमा रहेका मुद्दाको पनि पुन: गोलप्रथामार्फत् पेसी तोक्ने निर्णय भएको हो।
बिहीबारको फुल कोर्टको बैठकले मंसिर १५ गते देखि गोलाप्रथा प्रणालीमार्फत मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ।
गोलाप्रथाबाट पेसी तोक्ने गरी अघिल्लो बिहीबार (मंसिर २ गते)को फुल कोर्ट बैठकले सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।