काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कार्यसमितिमा २० प्रतिशत ४० वर्षमुनिकाहरु आउनुपर्ने धारणासहित अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालले उम्मेदवारी घोषणा गरेकी छन्।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन्।
उनको विश्वास छ, 'महाधिवेशनले कम्तिमा २० प्रतिशत ४० वर्षमुनिका जिम्मेवार कमरेडहरुलाई पार्टीको केन्द्रीय कमिटीमा समेटेर युवामैत्री पार्टीको परिचयलाई अझ फराकिलो बनाउन महाधिवेशनले विशेष योगदान गर्नेछ।'
अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष मोति बिकले पनि दलित-उत्पीडित कोटाबाट केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिने बताएका छन्।
अखिलका पूर्वअध्यक्षहरु ऐन महर, नविना लामा, किशोरविक्रम मल्ल, माधव ढुंगेल, पूर्वउपाध्यक्ष रश्मी आचार्यलगायतले पनि केन्द्रीय कमिटीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
एमालेकै १० औं महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।