एजेन्सी- रिलिजअगाडि खास चर्चामा नरहेको 'ह्याप्पी भाग जायगी'ले रिलिजपछि दर्शकहरूको मन जित्दै चर्चा कमायो। सन् २०१६ मा रिलिज भएको फिल्मको सफलताले हौसिएका निर्माताहरूले फिल्मको सिक्वलको घोषणा गरेका छन्।
फिल्ममा अभय देवल, जिम्मी शेरगिल तथा अलि फजलले अभिनय गर्ने तय भइसकेको छ। यससँगै फिल्ममा नयाँ नायिका पनि थपिने भएकी छन्। पहिलो शृंखलामा रहेकी डायना पेन्टीसँगै यसपटक सोनाक्षी सिन्हा पनि फिल्ममा अनुबन्धित भएकी छन्।
फिल्ममा दुवैको नाम 'ह्याप्पी' रहनेछ। फिल्म निर्माण कम्पनी इरोज नाओले आफ्नो इन्स्टाग्रामबाट फिल्ममा सोनाक्षी सिन्हाको प्रवेश भएको औपचारिक जानकारी दिएको हो। उक्त फोटोमा सोनाक्षी र डायना छन्, जसमा सोनाक्षीले 'ह्याप्पी' लेखिएको टिसर्ट लगाएकी छन्।
सिक्वेलको नाम 'ह्याप्पी भाग जायगी रिटर्न्स' हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।