फाइल तस्बिर
चितवन- नेकपा एमालेका सचिव योगेश भट्टराईले आफू पुनः सचिवकै उम्मेदवार हुने बताएका छन्। बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले बिहीबार अध्यक्ष केपी शर्मा ओली पनि भरतपुरै आउने भएकाले सल्लाह गर्ने बताए।
'अरु प्रतिनिधि पनि आउँदै हुनुहुन्छ। उहाँहरुसँग पनि सल्लाह गर्नुपर्छ। मेरो आशय तपाईंहरुले बुझिरहनुभएको छ। लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। यसपटक चौतारीमा बस्ने हो, सचिवमा भन्ने मेरो सोचाइ छ', उनले भने।
उनी नवौं महाधिवेशनबाट पनि सचिवमा निर्वाचित भएका थिए। त्यतिबेला उनी माधवकुमार नेपाल प्यानलमा थिए।
उनले आफूलाई एमालेमा राजनीति गर्न अझै १५ वर्ष उमेरको सुविधा भएको बताए। 'अहिले नै धेरै माथिमाथि चढियो भने लुँडो खेलेजस्तो एकैपटक तल खस्ने सम्भावना हुन्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।