• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

दलितलाई फिल्मको नायक बनाउनु नै ‘क्रान्तिकारी’ काम हो?

असीम छाबडा आइतबार, मंसिर १२, २०७८  ०७:०१
1140x725
तस्बिर : अमाजोन प्राइम भिडियो

तमिल भाषामा बनेको फिल्म ‘जय भीम’ लाई फिल्मसँग जोडिएका तथ्यांक बताउने वेबसाइट ‘आईएमडीबी’ मा सबैभन्दा धेरै ‘र्‍याङ्किङ’ मिलेको छ। यो फिल्मलाई दर्शकले ‘द शशांक रिडेम्पसन’ र ‘द गडफादर’ जस्ता क्लासिक फिल्मलाई भन्दा बढी मन पराएका छन्। 

भारतका फिल्म पत्रकार असिम छाबडाले यसलाई गम्भीर भारतीय फिल्मको सूचीमा नयाँ श्रृङ्खलाको रुपमा अर्थ्याएका छन्। उनी यो फिल्म हिन्दू धर्मभित्रको कडा जात व्यवस्थामा सबैभन्दा निम्न स्थानमा रहेका दलितहरुविरुद्ध हुने दमनको कहानी भएको बताउँछन्। 

‘जय भीम’को सुरुवातमा केही प्रहरी अधिकारीले आरोपीहरूलाई जातको आधारमा छुट्याइरहेको देखाइन्छ। उक्त दृश्यमा उच्च जातिका आरोपीहरूलाई रिहा गरिन्छ र दलित र आदिवासीहरुलाई राखिन्छ। प्रहरीले पछि कमजोर पृष्ठभूमिका मानिसहरुमाथि झूटो आरोप लगाउँछ।

यो दृश्य डरलाग्दो र चिन्ताजनक छ। एउटा कुनामा बसेका डराएका मानिसहरुलाई आफूले भोग्नुपर्ने परिणामबारे ज्ञात हुन्छ। यो दृश्यले हामीलाई यस्ता घटना सदैब हुने याद गराउँछ। देशको सानो शहर र गाउँमा रहेका सिमान्तकृत मानिसहरूमा, खासगरी दलितहरूको जीवन निकै अनिश्चित भएको यो दृश्यले बताउँछ।

जय भीम : दलित आन्दोलनको एक कडी
भारतको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस दलित छन्। कानुन हुँदाहुँदै पनि उनीहरू निरन्तर भेदभाव र हिंसा भोग्न बाध्य छन्।

यो फिल्मको नाम ‘जय भीम’को अर्थ ‘भीम अमर छन्’ भन्ने हुन्छ। यो लोकप्रिय नारा दलित विद्वान र नेता भीम राव अम्बेडकरलाई मान्ने मानिसहरुले दिएका हुन्। अम्बेडकर भारतको संविधानका मुख्य वास्तुकार र देशको पहिलो कानुन मन्त्री हुन्। 

यो फिल्मको निर्देशन टीजे ज्ञानवेलले गरेका हुन्। उनलाई तमिल फिल्मका स्टार सूर्याले सहयोग गरेका छन्। फिल्ममा गलत कुराहरूविरुद्ध लड्ने वकिलको वास्तविक कहानी देखाइएको छ।

वकिलको भूमिका सूर्याले निभाएका छन्। एक गर्भवती महिला, जसको श्रीमान् पहिले प्रहरीको हिरासतमा थिए, तर पछि बेपत्ता भएको बताइन्छ। तिनै महिलाको पक्षबाट सूर्याले बहस पैरवी गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

‘जय भीम’ तमिल सिनेमामा एउटा नयाँ आन्दोलनको हिस्सा हो। कैयौं युवा फिल्म निर्माता दलितविरुद्ध भएका दमनका कहानीहरूलाई रिलको माध्यमबाट प्रस्तुत गरिरहेका छन्। फिल्म इतिहासकार एस थियोडोर भास्करन भन्छन्, ‘१९९१ मा अम्बेडकरको जन्मदिन मनाएपछि तमिलनाडुमा दलित आन्दोलन निरन्तर भइरहेको छ।’

भास्करन थप भन्छन्, ‘२०औं शताब्दीका भुलिएका दलित विचारकहरुलाई विगतबाट लिएर आइएको छ। सामाजिक कार्यकर्ता तथा नेता पेरियार र अम्बेडकरका विचार कैयौं लेखकहरूले लेखनको माध्यमबाट फैलाइरहेका छन्। पछिल्लो दशकमा कतिपय लेखकहरूले सिनेमा क्षेत्रमा आफ्नो कदम राखेका छन् र कैयौँ फिल्म बनाएका छन्। तर, उनीहरुले प्रचलित विषय, गीत, कुटपिट र मेलोड्रामाकै प्रयोग गरेका छन्।’

अन्य भाषाका फिल्ममा आएको परिवर्तन
दलितका दुःखहरुलाई अहिले भारतका अन्य भाषाहरूमा स्वतन्त्र रुपमा र हिन्दी फिल्ममै पनि ठाउँ दिइएको छ। ‘अन्हे गोरहे दा दान (पंजाबी)’ जस्ता फिल्ममा पनि स्थान दिइएको छ, जसमा दलित सिखहरुको जीवनबारे देखाइएको छ।

‘जय भीम’मा वकिलको भूमिकामा सूर्या। तस्बिर : अमाजोन प्राइम भिडियो

‘मसान’ (हिन्दी)मा आर्यघाटमा लास जलाउने परिवारको एक युवक र कथित उच्च जातकी एक युवतीबीचको रोमान्सलाई देखाइएको छ। ‘फैंड्री’ र ‘सैराट’ (दुवै मराठी) पनि यस्तै फिल्म हुन्। ती फिल्मको निर्देशन दलित जातिका नागराज मञ्जुले गरेका हुन्। 

फैंड्री एक युवकको कथा हो, जसको परिवार गाउँमा बँदेल पक्रिने गर्छ। ऊ उच्च जातकी एक युवतीप्रति एकतर्फी प्रेम गर्छ। सैराट अन्तरजातीय प्रेमबारेको रोमान्टिक फिल्म हो, जुन बक्स अफिसमा निकै सफल भएको थियो। यो सूचीमा तमिलमा बनेका ‘पेबल्स’ (कुझंगल) पनि छ। यो २०२२ मा ओस्कर अवार्डका लागि सर्वश्रेष्ठ अन्तराष्ट्रिय फिल्मको सूचीका लागि भारतको तर्फबाट पठाइएको आधिकारिक फिल्म थियो।

दलित फिल्मकर्मीको अवस्था
अहिले मूलधारका तमिल फिल्महरुमा यस्ता कैयौं फिल्मकर्मी छन्, जसले नायकमा दलितलाई लिएका छन्। उनीहरू पहिलेबाट चलिआएको भेदभावविरुद्ध आफ्नो अधिकारको लागि लडिरहेका छन्। जब कुनै पनि कानुनी बाटोले उनीहरुको पीडाको निराकरण गर्न सक्दैन, तब शारीरिक रूपमै लड्न पनि तयार हुन्छन्।

पुराना फिल्म निर्माता वेट्रिमारन पनि यस्तै निर्देशकमा पर्छन्। उनले छिमेकी राज्य आन्ध्र प्रदेशमा तमिल आप्रवासीहरूको पीडामा आधारित रहेर सन् २०१५ मा ‘विसारनई’ फिल्म बनाएका थिए। उनले दलितहरूको नरसंहारमाथि ‘असुरन’ बनाए। निर्देशक मारी सेल्वराज र पा रञ्जितले पनि यस्ता कहानीमा फिल्म बनाएका छन्, जसको मुख्य पात्र दलित छन्।

दलित फिल्मकर्मी रञ्जन, जसलाई प्रायः तमिल फिल्म क्षेत्रको ‘स्पाइक ली’ भनिन्छ, ले न्युज वेबसाइट ‘द वायर’सँग सन् २०२० मा दिएको एक अन्तर्वार्तामा पहिलेका तमिल फिल्मको बारेमा भनेका थिए, ‘दलित पात्रहरूलाई जसरी देखाइन्थ्यो, त्यो निकै दर्दनाक थियो। कि त उनीहरुको चर्चा नै हुँदैन थियो, कि त कहानीमा उनीहरू सामेल हुनुलाई मात्र पनि क्रान्तिकारी मानिन्थ्यो।’

रञ्जितले थप भनेका थिए, ‘यो विषयमा मलाई मेरो कहानीले के गर्न सक्छन् भन्ने सोच्नु थियो। म मेरो संस्कृति नै भेदभाव र हिंसामाथि आधारित रहेको छ भन्ने देखाउन चाहन्थें। आज दलित पात्रहरूलाई लेख्दा निर्देशक बढी जागरुक भएका छन्।’

रजनीकान्तको प्रभाव
रञ्जितले निर्देशक मारी सेल्वराजको पहिलो फिल्म ‘पेरियारम पेरुमल’ निर्माण गरेका थिए। यो फिल्म ‘जाती र धर्म मानवताको विरुद्धमा छ’ लेखिएको कार्ड देखाएर सुरु हुन्छ। फिल्मको नायक अम्बेडकर जस्तै वकिल बन्न चाहन्छन्। 

फिल्ममा एउटा दृश्य छ, जसमा सन् १९८३ मा फिल्मी गीत ‘पोरादादा’ मा केही पुरुष नाचिरहेका हुन्छन्। उक्त गीतको संगीत महान् संगीतकार इलैयाराजाले दिएका थिए। उनी दलित हुन्। गीतको बोल छ, ‘हामी तपाईंको सिंहासन सम्हाल्ने छौं/ जीतको लागि हाम्रो पुकार सुनिनेछ/ हाम्रो प्रकाशले यो दुनियाँलाई उज्यालो बनाउनेछ/ हामी सर्वहारा हौं, त्यसैले लड्नेछौं।’

तस्बिर : वन्डरबार फिल्म्स

यो गीत सेल्वराजका फिल्म कर्णन (२०२१) को पृष्ठभूमिमा पनि बज्छ। अहिले यसलाई ‘दलित गीत’को रुपमा चिन्ने गरिएको छ।

रञ्जितका फिल्महरूलाई हिट बनाउन तमिल सिनेमाका सुपरस्टार रजनीकान्तको ठूलो योगदान छ। रजनीकान्त यी फिल्महरूको कहानीबाट प्रभावित भएरै मुख्य भूमिकामा अभिनय गर्न राजी भएका थिए। उनले ‘कबाली’ (यो फिल्म मलेसियाको एक तमिल प्रवासी ग्याङ्स्टरको कहानीमा आधारित छ) र ‘काला’ (यो फिल्म एसियाको सबैभन्दा ठूलो सुकुम्बासीको कहानी हो, जहाँ सबैभन्दा धेरै संख्यामा तमिल प्रवासीहरु बस्छन्) जस्ता फिल्ममा काम गरेका छन्। 

नयाँ फिल्म ‘सरपट्टा परन्बराई’मा रञ्जितले चेन्नईमा दलितहरूबीच हुने मुक्काबाजीको संस्कृतिलाई खोजेका छन्, जो मोहम्मद अलीबाट निकै प्रभावित भएका थिए। उनी अलीको खेलबाट मात्रै नभएर भियतनाम युद्धदेखि अमेरिकामा नश्लभेदविरुद्ध गरिएको संघर्षबाट प्रभावित थिए। 

के खासमा केही फेरिएन?
कैयौं मानिसहरु तमिल फिल्मका सबै दलित पात्रहरू तारिफयोग्य नभएको मान्छन्। सन् २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘मादाथीः एन अनफेयरी टेल’की निर्देशक लीना मणिमेकलई नयाँ फिल्मले कुनै खास परिवर्तन नल्याएको बताउँछिन्। 

उनी नयाँ फिल्मका नायक, उनीहरुको विशेषता र कहानीको मूल सबै पहिलेकै जस्तो भएको बताउँछिन्। महिला पात्रहरुको भूमिका पनि पहिलेकै जस्तो रहेको उनको भनाइ छ।

तर, दर्शकले नयाँ फिल्म हेरिरहेका छन् भन्ने प्रस्ट छ। ‘जय भीम’ सिनेमा घरहरुमा प्रदर्शनमा आएको छैन, त्यसैले यसको लोकप्रियतालाई प्रमाणित गर्ने बक्स अफिसको तथ्यांक छैन। तर, आईएमडीबीमा ९.६ युजर रेटिङ दिइनुले यसलाई र्‍याङ्किङको पहिलो नम्बरमा पुर्‍याएको छ।

बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्