मकवानपुर – पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा दुईवटा सवारी एकआपसमा ठोक्किँदा घाइते भएका १३ मध्ये एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो मनहरी–६ स्थित पूर्व-पश्चिम राजमार्गमा चितवनतर्फ आउँदै गरेको प्रदेश १– ०२६ च ५२५० नम्बरको स्कर्पियो र हेटौंडातर्फ आउँदै गरेको बा.१६ च ८३२४ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा कार चालक हेटौंडा–४ स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाए। उनको उपचारको क्रममा चितवनमा ज्यान गएको जनाइएको छ। यस दुर्घटनामा अन्य १३ जना घाइते रहेको र सबैको चितवनमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कारमा सवार चितवन राप्ति नगरपालिका–२, गड्यौलीका ५५ वर्षीय ओमकुमार श्रेष्ठ, ५० वर्षीय सुनिता श्रेष्ठ र २१ वर्षीय सुमिना श्रेष्ठ घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।