काठमाडौं– नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग बन्द भएको छ।
शुक्रबार अपराह्न करिब ४ बजे उक्त पुल भासिएको थियो। नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार पुल भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ।
विनयी खोलामा पुल भासिँदा राजमार्ग अवरूद्ध छ, नजिकैबाट डाइभर्सन गर्न मिल्ने भएकोले प्रयास गरिरहेको प्रजिअ पोखरेलले बताएका छन्। उनका अनुसार वैकल्पिक बाटो खुल्न तीन घन्टाजति लाग्छ।
विनयी त्रिवेणी गाउँपालिका दुम्कीवासमा रहेको विनयी खोलाको पुल भासिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।