काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय ससदमा पेश गर्न मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको छ।
शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्दै गृहमन्त्री रमेश लेखकले शुक्रबारको मन्त्रिपरिषद बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जानकारी दिए ।
गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो।
सो विधेयक संसदमा पेश गर्न शुक्रबारको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको गृहमन्त्री लेखकले जानकारी दिए।
अब उक्त विधेयक पारितका लागि संघीय संसद्को आगामी बैठकमा पेश गरिने गृहमन्त्री लेखकले बताए ।
शासकीय सुधारसँग सम्बन्धीत कानुनहरु, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र सुशासनलाई प्रत्याभूत गर्ने कानुनहरु निर्माणका लागि निर्णय गरेको उनको भनाइ छ ।
गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो। बिधेयकमा ३० वर्षे सेवा हद हटाउने तथा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।