काठमाडौं– नेपालमा औपचारिक रुपमा चलचित्र पढाइरहेको ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले दुई दिने फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ। फेस्टिभल आउँदो शुक्रबारदेखि हुने छ। विगतमा पनि हुँदै आएको फिल्म फेस्टिबल यो वर्ष मंसिर १० र ११ (शुक्रबार र शनिबार) हुने भएको कलेजले जनाएको छ।
गत वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा आयोजना भएको फिल्म फेस्टिभल यो वर्ष भने चलचत्रि विकास बोर्डमा आयोजना हुने छ।
फेस्टिभलमा ओस्कारमा पढेका विद्यार्थीहरुले बनाएका फिल्महरुको प्रदर्शन हुने छ। सँगै विभिन्न देशबाट फेस्टिभलका लागि पठाएर छानिएका उत्कृष्ट फिल्महरुको पनि स्क्रिनिङ हुने बताइएको छ।
फेस्टिभलमा फिल्मको प्रदर्शनसँगै देश तथा विदेशका फिल्मकर्मीहरुसँग चलचित्र क्षेत्रकै विषयमा संवाद पनि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।