तस्बिर : राजन काफ्ले।
काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले चितवनमा प्रचण्डले निर्वाचन लडे भन्दैमा जिल्ला नै उनको नहुने बताएका छन्। एमालेले चितवनमा आफूलाई सिध्याउने लक्ष्य राखेर महाधिवेशन आयोजना गरेको अभिव्यक्ति दिइएको सन्दर्भमा ओलीले आफूहरुले महाधिवेशन आयोजना गरेको बताए।
'हामीले हाम्रो पार्टीको महाधिवेशन गरिरहेका छौं। म प्रचण्डलाई आह्वान गर्न चाहन्छु, झापा आएर गर्नुस् न महाधिवेशन', उनले भने, 'कसैले कुनै जिल्लाबाट चुनाव लडेको छ भने जिल्लै उसको हुने र अरुले पाइला टेक्न नहुने भन्ने हुँदैन। म त्यो बाटो हिँडेर गएँ भने उहाँले भन्न बेर छैन, मलाई सिध्याउन यही बाटो हिँड्नुपर्छ?'
प्रचण्डले आफूहरुलाई नै नभनेको पनि हुनसक्ने भन्दै ओलीको व्यंग्य गरे। 'उहाँले एमालेले नै भन्नुभएको छ कि छैन मलाई थाहा छैन। तर, हामीलाई होइन कि जस्तो पनि मलाई लाग्यो। किनकि सीपी मैनाली नेतृत्वको पार्टीले पनि चितवनमै महाधिवशेन गर्यो। त्यसकै भोलिपल्ट उहाँले केही मान्छेहरु मलाई सिध्याउन यहीँ आएर महाधिवेशन गर्नुपर्छ भनेर रिसाउनुभयो', उनले भने।
प्रचण्डसँग आफूहरुको कुनै लिनुदिनु नभएको उनले प्रष्ट पारे। उनले आफ्नो पार्टी चलाउने र उनको निर्वाचत क्षेत्रमा गएर महाधिवेशन गरेको भन्ने लागेको भए आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।