फाइल तस्बिर।
काठमाडौं- संसदीय सुनवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन्।
सोमबार नेपाल बार एसोसिएसनको १७ बुँदे ज्ञापनपत्र बुझ्दै कर्णले सर्वोच्च अदालतको प्रधानन्यायाधीश भनेको गरिमा र जनआस्थाको पद भएकाले विवादित बनेपछि अब राजीनामा दिनुपर्ने बताए।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता समेत रहेका कर्णले न्यायाधीश र कानुन व्यवसायीले आफूविरुद्ध आन्दोलन नै गरेपछि जनआस्था कायम गर्नका लागि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने बताएका हुन्।
कर्णले संसदीय सुनुवाइको समयमा बाध्यताका कारण आफूहरुले जबराको नाम अनुमोदन गरेको भन्दै अब जबराले राजीनामा दिनुपर्ने बताए।
कर्ण आफैं नेतृत्वमा रहेको सुनुवाइ समितिले जबरालाई प्रधानन्यायाधीशको लागि अनुमोदन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।