काठमाडौं– नेपाली महिला क्रिकेट टोलीले आज (सोमबार)देखि आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट खेल्दै छ। प्रतियोगिताको पहिलो खेलमा आज टोलीले हङकङको सामना गर्दै छ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
पछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोट अन्तर्गत नै बैककमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो।
छनोट अन्तर्गत नेपालले मंगलबार भुटानविरुद्ध खेल्ने तालिका रहेको छ भने तेस्रो खेल बिहीबार कुवेतविरुद्ध रहेको छ।
नेपालले छनोटको चौथो खेल आगामी शुक्रबार मलेसियासँग खेल्नेछ भने अन्तिम खेलमा आगामी आइतबार युएईको सामना गर्नेछ। ६ टिम सहभागी छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।