काठमाडौं- कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) निरज शाहीलाई दिइएको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासभामा भाग लिन टर्की गएसँगै कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी शाहीलाई दिइएको हो।
आइतबार आईजीपी थापासँगै एआईजी प्रधुम्न कार्कीसहितको टोली टर्की प्रस्थान गरेको हो।
कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी वरिष्ठ एआईजी हरि पाल हुँदा हुँदै कनिष्ठ एआईजी शाहीलाई दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।