काठमाडौं- अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा राजधानीको रानीपोखरी र धरहरामा निलो बत्ती बालिएको छ। नोभेम्बर २० अर्थात् आजैका दिन परेको यो दिवस विश्वभर मनाइएको छ।
यही अवसरमा जनचेतना जगाउने उदेश्यले निलो बत्ती बालिएको हो। निलो बत्तीसँगै धरहरामा बालबालिकाको तस्बिर प्रस्तुत गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युरोपियन युनियन र यूनिसेफको सहकार्यमा निलो बत्ती बालिएको हो।
यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको मूल नारा 'महामारीपश्चात् सम्पूर्ण बालबालिकाको समृद्ध जीवनको परिकल्पनमा ऐक्यबद्धता' रहेको छ।
बाल दिवसको पूर्वसन्ध्यामा शुक्रबार साँझ र दिवसका दिन शनिबार साँझ धरहरा र रानीपोखरीमा निलो बत्ती बालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।