रोल्पा- रोल्पाको माडीगाउँपालिका–४ तार्केवाङ जलजला होटेल नजिक भएको बस दुर्घटनामा ज्यान गुमाउने चारमध्ये तीन जनाको पहिचान खुलेको छ।
बिहीबार साँझा करिब ६ बजे यात्रुबस दुर्घटना हुँदा परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय चालक वीरमान वुढासहित चार जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा परिवर्तन गाउँपालिका ६ का ५० वर्षीय कुमार पुन, सोही गाउँपालिका वडा नंं १ का २९ वर्षीय दीपक रोका रहेको प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। मृत्यु हुने एक महिलाको भने पहिचान खुल्न सकेको छैन। दुर्घटनामा परि १९ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा परिवर्तन गाउँपालिका ६ कर्तमका १९ वर्षीय सुजन पुन मगर, सोही ठाउँ वस्ने वर्ष २१ की भीमकुमारी पुन, वर्ष ३६ का तेजवहादुर पुन, परिवर्तन गाउँपालिका ५ का ३४ वर्षीय कर्मराज रोका, सोही ठाउँका २१ वर्षीय हर्कमान रोका, परिवर्तन गाउँपालिका वडा नंं. २ का २८ वर्षीया अनिता रोका, सोही ठाँउका वर्ष २६ की विना वुढामगर परिवर्तन, गाउँपालिका ५ का ३२ वर्षीय विनोद वली, वडा नं. १ का २१ वर्षीय वीरेन्द्र बुढा रहेका छन्।
अन्य घाइतेहरुमा त्रिवेणी गाउँपालिका ६ वुढागाउँका २४ वर्षीय धनी घर्ती मगर, दाङ घोराही उपमहानगरपालिका १३ का ६२ वर्षीय विष्णुकुमारी रोका, सोही ठाँउका २८ वर्षीय निर्मला रोका, वर्ष २२ की उषा बोहरा, वर्ष २५ की विमला रोका, वर्ष ३ की सिहुन बोहरा, वर्ष १० को एन्जेश रोका, वर्ष २५ की आशा वोहरा, वर्ष १६ का वीरल घर्तीमगर र रोल्पा थवाङ गाउँपालिका ३ का १२ वर्षिया कविता वुढामगर रहेका छन्।
घाइते मध्ये १६ जनाको स्मृती अस्पताल घर्तीगाउँमा र ३ जनाको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दाङ घोराहीबाट रोल्पाको थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्वरको बस माडी गाँउपालिका वडा नंम्वर ४ तार्केबाङ सहिद मार्गमा दुर्घटना भएको थियो।
बस सहिद मार्गबाट २ सय मिटर तल खोलामा खसेको छ। गतहप्ता माडी गाउँपालिका घर्तीगाउ बजार नजिकै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।