काठमाडौं- नेपाली कांग्रेस डडेलधुराका नेता कार्यकर्ता तीन दिनदेखि केन्द्रीय कार्यालय सानेपामा धर्ना बसिरहेका छन्। उनीहरूले जिल्लाको अधिवेशन फेरि गर्नुपर्ने माग गरेका छन्।
तर, यता कार्यकर्ताको धर्ना चलिरहँदा जिल्लामा प्रदेश सभा क्षेत्रको अधिवेशन सुरु गरिएको छ।
वडा र पालिका अधिवेशन बदर गरी पुन: अधिवेशन हुनुपर्ने असन्तुष्ट पक्षको माग छ। क्रियाशील सदस्यता विवाद साम्य नहुँदै एकतर्फी अधिवेशन गरिएको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्ष अनसनमा छ।
त्यसअघि, वडा र पालिका अधिवेशन बदरको माग गर्दै १० दिन जिल्लामा अनसन दिएका थिए। मूल नेतृत्वलाई थप दबाब दिन केन्द्रीय कार्यालयमा धर्ना दिएको मल्लले बताए।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा एकपक्षीय गरिएको अधिवेशनलाई निर्वाचन समितिले मान्यता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।