काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीका नेता प्रकाशमान सिंहलाई भेट्न उनको निजी निवास (चाक्सीबारी) पुगेका छन्।
सिंहले संस्थापन इतर (पौडेल समूह) छाडेको चर्चा चलिरहेका बेला वरिष्ठ नेता पौडेल आफैं उनलाई भेट्न चाक्सीबारी पुगेका हुन्।
पार्टीको आसन्न १४औं महाधिवेशनमा पौडेलसँगै सिंह पनि सभापतिको उम्मेदवार बन्ने 'रेस'मा छन्।
दुई नेताले एकले अर्कालाई सभापतिमा छोड्न आग्रह गरे पनि दुवै तयार नभएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।