फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा अन्य दलसँग चुनावी तालमेल आवश्यक नभएको बताएका छन्। चुनावी प्रतिस्पर्धाका लागि कांग्रेस एक्लै काफी रहेको सिंहको भनाइ छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका सिंहले एक 'गोप्य छलफल'मा चुनावमा जाँदा कांग्रेसले अरु दलसँग तालमेल गर्न आवश्यक नरहेको बताएका हुन्।
'कांग्रेस पंक्ति आफ्नै शक्तिमा चुनाव लड्नुपर्छ भन्नेमा छ। चितवनको जस्तो व्यथा अरू ठाउँ पनि छ। अरूसँग अलायन्स गरेर जाने कुरै छैन, प्रतिस्पर्धा गर्न कांग्रेस एक्लै काफी छ,' सिंहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।