फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवाले बोक्ने इमेजबाट कांग्रेसलाई मुक्त गर्नको लागि आफू सभापतिको उम्मेदवार बन्न लागेको बताएका छन्।
बिहीबार सम्पादकहरुसँगको भेटमा उनले अहिले देउवाको इमेज जनअपेक्षासँग मेल नखाने बताएका हुन्।
नेता सिंहले लोकतन्त्र र संविधान जोगाउनका लाग कांग्रेसलाई अनुभवी नेतृत्व चाहिएको बताए। त्यसकारण पनि आफूले सभापतिमा उम्मेदवारी दिन चाहेको उनले बताए। '१३औं महाधिवेशनपछि कांग्रेस निकै कमजोर भयो', सिंहको भनाइ छ, 'त्यहीकारण कम्युनिस्ट बढे। कम्युनिस्टहरु बढ्दा लोकतन्त्र खतरामा परेको छ।'
सिंहले कांग्रेसमा यतिबेला आफू दोस्रो नेता भइसकेको दाबी गरे। सिंहले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने सार्वजनिक घोषणा गरिसकेका छन्। त्यसका लागि तयारी पनि गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।