काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानमा प्रधानमन्त्रीले पहल गर्नुपर्ने धारणा राखेका छन्।
बिहीबार कैलालीको धनगढीमा पार्टीको प्रदेश कार्यालय उद्घाटनपछि पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन्। “ गठबन्धनको बैठकले सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको छ,” उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानका लागि पहल गर्नु पर्दछ।’
उनले अदालतमा देखिएको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने विषयमा गठबन्धन दलहरुको साझा धारणा बनाएर जानुपर्ने बताए। ‘हाम्रो पाँच दलको गठबन्धनको बैठक बसेर साझा धारणा बनाएर समाधान गर्नुपर्ने भन्ने यसअघि छलफल भएको हो,’उनले भने।
उनले पार्टी कार्यालयको उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादी पार्टी ठूलो शक्तिका रुपमा स्थापित हुनेसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।