काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बिहीबारका लागि ९ वटा इजलास तोकेका छन्।
राणाले आजका लागि एक पूर्ण इजलास ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका हुन्। राणाले बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य मुद्दाको पनि पेसी तोकेका छन्।
राणाले आफूलाई भने इजलास तोकेका छैनन्।
बुधबार दुई जना न्यायाधीशले मात्र बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेका थिए।
सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एसोसिएसन सहित कानुन व्यवसायीहरु प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।