काठमाडौं- सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन्।
बुधबार बसेको बैंक सञ्चालक समितिको ३६२औं बैठकले सञ्चालक पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाए। यसमा सबैपक्षबाट सहयोग आवश्यक पर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।