काठमाडौं– नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्वुजा (खमवीर) निर्वाचित भएका छन्।
कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका गर्वुजा निर्विरोध रुपमा जिल्ला सभापति निर्वाचित भएका हुन्।
बुधवारदेखि बेनीमा सुरु भएको ७औं जिल्ला अधिवेशनबाट गर्वुजा दोस्रो कार्यकालका लागि म्याग्दी कांग्रेसको सभापति चुनिएका हुन्।
सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।