केपी शर्मा ओली, फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामको जस शेरबहादुर देउवा नेतृत्वको सरकारले लिन खोजेको बताएका छन्।
नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘देश बनाउने संकल्पका साथ राजनीति गर्छौं, विकासको राजनीति गर्छौं,’ उनले भने, ‘धेरै विकासका कामका थालनी गरेका थियौं। अहिले जस लिने प्रयास भइरहेको छ।’
आफू नेतृत्वको सरकारले बनाइदिएको विकासको बाटोमा अहिलेको सरकार हिँडेको पनि उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।