काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारका लागि ९ वटा इजलास तोकेका छन्।
प्रधानन्यायाधीश राणाले आजका लागि दुई एकल र सात संयुक्त इजलास तोकेका हुन्। आज प्रधानन्यायाधीश राणाले आफ्नो लागि कुनै इजलास तोकेका छैनन्।
बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका न्यायाधीश मध्ये ४ जनाले मंगलबार बन्दी बाहेकका मुद्दाको पनि सुनुवाइ गरेका थिए।
उता आन्दोरनरत बार एसोसिएसन र सर्वोच्च बारेले भने आजबाट आन्दोलनलाई कडा बनाउने जनाएको छ।
आन्दोलनरत कानुन व्यवसायीले प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै सर्वोच्चको मूल गेटमा धर्ना बस्दै आएका छन्। राणा भने वैकल्पिक बाटोबाट अदालत प्रवेश गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।