काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत लिनका लागि तय गरेको आजको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्ष दल एमालेका सांसदले बहिस्कार गरेका छन्।
एमालेका सांसदले संसद बैठक बहिष्कार गरेपछि विश्वासको मत लिनको लागि सभामुख प्रदीपकुमार भण्डारीले भोलि (बुधबार)का लागि अर्को बैठक बोलाएका छन्।
मंसीर १ गते विहान ११:३० बजेका लागि सभामुखले बैठकको समय तय गरेका छन्।
बुधबारको बैठकमा उपस्थित हुन सभामुख भण्डारीले प्रमुख प्रतिपक्ष दलका सांसदलाई निर्देशन समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।