• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक आयोगमा विवादित नियुक्ति पाएका पदाधिकारीहरूले भने– न्यायमा अवरोध गर्न पाइँदैन

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ३०, २०७८  १३:५६
1140x725

काठमाडौं– विभिन्न संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारीहरुले सर्वोच्च अदालतमा देखिएको विवादको समाधान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्। 

केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला विभिन्न संवैधानिक आयोगमा (विवादित) नियुक्ति पाएका पदाधिकारीहरुले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै अदालतमा न्याय सम्पादनका लागि प्रधानन्यायाधीश र न्यायाधीशहरु बराबर जिम्मेवार रहेको पनि टिप्पणी गरेका छन्।

'बार र बेञ्चको सहकार्य, सहअस्तित्व र समन्वयमा मात्र प्रभावकारी न्यायसम्पादन हुने हुँदा त्यसको विपरीत बार र बेञ्चबीच फाटो आउनु दुर्भाग्यपूर्ण छ,' संयुक्त वक्तव्यमा भनिएको छ, 'मुलुकको वर्तमान न्यायिक परिदृश्यबाट संविधान, संविधानवाद, कानुनको शासन, नागरिकको मानव अधिकार र मौलिक हकको उपभोगमा नै बाधा अवरोध पुगेको छ। यस प्रकारको बाधा अवरोध जहाँबाट भए पनि राम्रो मान्न सकिँदैन।'

तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश संशोधन गरी गरेको सिफारिसानुसार संवैधानिक निकायमा नियुक्ति पाएका पदाधिकारीहरुले बार (कानुन व्यवसायी) र बेञ्ज (प्रधानन्यायाधीश)बीच फाटो आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। अहिलेको न्यायिक परिदृश्यबाट संविधान, संविधानवाद, कानुनको शासन, नागरिकको मानव अधिकार र मौलिक हकको उपभोगमा बाधा अवरोध पुगेको उनीहरुको भनाइ छ। 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, महिला आयोगका अध्यक्ष कमला पराजुली, दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय समावेशी आयोगका अध्यक्षा रामकृष्ण तिमल्सिना लगायत विभिन्न आयोगका ३९ जना पदाधिकारीले संयुक्त वक्तव्य जारी गर्दै संवादका माध्यमबाट अदालतमा देखिएको समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन्। 

संयुक्त वक्तव्य जारी गर्नेमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संशोधन गरेपछि भएको सिफारिसानुसार विभिन्न संवैधानिक निकायमा नियुक्त हुने पदाधिकारीहरु छन्। उनीहरुको नियुक्तिको सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले समेत हिस्सा लिएको आरोप लाग्दै आएको छ। 

विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्ध दायर रिट (मुद्दा) अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। उक्त मुद्दामा राणा पनि विपक्षी छन्।

 

nimb
nimb
Ncell 2
Ncell 2

३० कार्तिक, २०७८

विगत दुई हप्तादेखि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणलगायत नियमित मुद्दाहरुको सुनुवाई सुचारु हुन नसकेको र यसबाट सर्वसाधारणको छिटोछरितो न्याय पाउने अधिकारको उपभोगमा समेत बाधा उत्पन्न भएको सन्दर्भमा संवैधानिक आयोगका पदाधिकारीको ध्यान आकृष्ट भएको छ। बार र बेञ्चको सहकार्य, सहअस्तित्व र समन्वयमा मात्र प्रभावकारी न्यायसम्पादन हुने हुँदा त्यसको विपरीत बार र बेञ्च बीच फाटो आउनु दुर्भाग्यपूर्ण छ। मुलुकको वर्तमान न्यायिक परिदृश्यबाट संविधान, संविधानवाद, कानुनको शासन, नागरिकको मानव अधिकार र मौलिक हकको उपभोगमा नै बाधा अवरोध पुगेको छ। यस प्रकारको बाधा अवरोध जहाँबाट भए पनि राम्रो मान्न सकिँदैन। 

अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरु न्याय सम्पादनका लागि बराबर जिम्मेवार छन्। प्रधान न्यायाधीश, न्यायाधीश, न्यायालयका कर्मचारी र बारको समष्टि नै न्यायालय हो। न्यायालयमा यस प्रकारका विवाद वा समस्या उत्पन्न हुँदा संविधान र लोकतन्त्र उपर नै चुनौती आउने हुँदा समस्या समाधानको लागि विधिसम्मत, संविधानसम्मत र न्यायसंगत मार्ग अवलम्बन गर्नु बाहेक अर्को विकल्प छैन। यस विषम परिस्थितिमा सबै सरोकारवालाहरुले आआफ्ना अडानमा लचिलो भई न्याय र जनताका हितका लागि आफ्नो असहमतिका कारणबाट सिर्जना भएका विवादबाट पछि हटेर वर्तमान समस्याको समाधान खोज्नु राष्ट्रिय हितमा छ। 

अतः न्याय निरुपण गर्ने देशको सर्वोच्च संस्थामा देखा परेको वर्तमान गतिरोधको समस्याको जरो पहिल्याउन, दीर्घकालीन असर पर्ने यस प्रकारका विवाद समाधानमा गम्भीर हुन, यस प्रकारका विवादले संविधान मात्र नभई लोकतन्त्र उपर नै खतरा आउन सक्ने कुरालाई आत्मसात गर्न, हरेक समस्याको निकास संविधान र कानुनबमोजिम नै संभव छ भन्ने कुरालाई हृदयंगम गर्न एवम् वार्ता र संवादको माध्यमबाटै गतिरोधको अन्त्य गर्दै नियमित रुपमा मुद्दाको सुनुवाई हुने वातावरण सिर्जना गरी समयमै न्याय पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न हामी सम्बद्ध सबै पक्षलाई विनम्र अनुरोध गर्दछौँ।

आयोगहरुको तर्फबाट
तपबहादुर मगर, अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोग
कमला पराजुली, अध्यक्ष, राष्ट्रिय महिला आयोग
देवराज विश्वकर्मा, अध्यक्ष, राष्ट्रिय दलित आयोग
डा. रामकृष्ण तिमल्सिना, अध्यक्ष, राष्ट्रिय समावेशी आयोग
रामबहादुर थापामगर, अध्यक्ष, आदिवासी जनजाति आयोग
डा. विजय दत्त, अध्यक्ष, मधेशी आयोग
विष्णुप्रसाद चौधरी, अध्यक्ष, थारु आयोग 
समिम मियाँ अन्सारी अध्यक्ष, मुस्लिम आयोग
डा. सूर्यप्रसाद शर्मा ढुङ्गेल, सदस्य, राष्ट्रिय मानव अधिकार आयोग
मिहिर ठाकुर, सदस्य, राष्ट्रिय मानव अधिकार आयोग
मनोज दुवाडी, सदस्य, राष्ट्रिय मानव अधिकार आयोग
लिली थापा, सदस्य, राष्ट्रिय मानव अधिकार आयोग
कृष्णकुमारी पौडेल खतिवडा, सदस्य, राष्ट्रिय महिला आयोग 
विद्याकुमारी सिन्हा, सदस्य, राष्ट्रिय महिला आयोग 
जया घिमिरे, सदस्य, राष्ट्रिय महिला आयोग
सावीत्रा कुमारी शर्मा, सदस्य, राष्ट्रिय महिला आयोग 
मीनादेवी सोव, सदस्य, राष्ट्रिय दलित आयोग 
टुन्जे कामी (बराइली), सदस्य, राष्ट्रिय दलित आयोग 
मेहल पार्की, सदस्य, राष्ट्रिय दलित आयोग
सुन्दर पुर्कुटी, सदस्य, राष्ट्रिय दलित आयोग
विष्णुमाया ओझा, सदस्य, राष्ट्रिय समावेशी आयोग 
हरिदत्त जोशी, सदस्य, राष्ट्रिय समावेशी आयोग 
पुष्पराज तिमिल्सिना, सदस्य, राष्ट्रिय समावेशी आयोग 
मानप्रसाद खत्री, सदस्य, राष्ट्रिय समावेशी आयोग
डा. मीनबहादुर श्रीस, सदस्य, आदिवासी जनजाति आयोग 
रीना राना, सदस्य, आदिवासी जनजाति आयोग 
शरण राई, सदस्य, आदिवासी जनजाति आयोग
सूर्यबहादुर गुरुङ्ग, सदस्य, आदिवासी जनजाति आयोग
जीवछ साह, सदस्य,  मधेशी आयोग
विजय कुमार गुप्ता, सदस्य,  मधेशी आयोग
रेणु देवी साह, सदस्य,  मधेशी आयोग
आभा कुमारी सिंह, सदस्य,  मधेशी आयोग
सुबोध सिंह थारू, सदस्य, थारु आयोग
भोलाराम चौधरी, सदस्य, थारु आयोग 
डा. उमाशंकर प्रसाद चौधरी, सदस्य, थारु आयोग
शान्ति मोदी, सदस्य, थारु आयोग
महमदिन अली, सदस्य, मुस्लिम आयोग
मिर्जा अर्सद बेग, सदस्य, मुस्लिम आयोग
मोहम्मद समशुल हक, सदस्य, मुस्लिम आयोग

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
सम्बन्धित सामग्री
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल शनिबार काठमाडौँमा नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको अधिवेशन उद्घाटन गर्दै नेपालले रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिनुपर्ने अवस्... शनिबार, जेठ २३, २०८३
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता भेटवार्ताका दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । शनिबार, जेठ २३, २०८३
‘अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ’ -रवि लामिछाने शनिबार फेसबुकमा पोस्ट लेख्दै उनले जिल्ला अधिवेशन सुरु हुने क्रममा लामिछानेले वडा र पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको उ... शनिबार, जेठ २३, २०८३
ताजा समाचारसबै
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी आइतबार, जेठ २४, २०८३
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने आइतबार, जेठ २४, २०८३
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी आइतबार, जेठ २४, २०८३
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह शनिबार, जेठ २३, २०८३
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्