काठमाडौं– मुगुका आगलागी पीडितलाई तत्काल राहत तथा पुनःस्थापना गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन्।
आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउँदै मुख्यमन्त्री शाहीले तत्काल अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको बताए।
स्थानीय प्रशासनले क्षतिको विवरण संकलन सुरु गरिसकेको बताउँदै उनले सिफारिसका आधारमा तत्कालै राहत प्याकेज घोषणा गरिने जानकारी दिए।
मुगुको गमगढी बजारमा सोमबार रातिदेखि भएको आगलागीका कारण २१ घर जलेर नष्ट भएको छ। राराछायानाथ नगरपालिका–१ गमगढी बजारमा आगलागी भएको हो।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा बिहानमात्र आगो नियन्त्रणमा दिइएको थियो। आगलागीको ती घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।