फाइल तस्बिर
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा उत्रिएका सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीबीचको छलफल सुरु भएको छ।
प्रधानन्यायाधीश राणा र 'विद्रोह' गरेका सर्वोच्चका पाँच न्यायाधीशबाहेकका अन्य न्यायाधीशहरू र बार पदाधिकारी आन्तरिक छलफलमा जुटेका हुन्।
राणाको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेकामध्ये ५ जना न्यायाधीश हिजोको बारसँगको बैठकमा पनि सहभागी भएका थिएनन्।
न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल बैठकमा सहभागी भएका थिएनन्। उनीहरुले गोलाप्रथाबाट पेसी तोक्नेबारेको फुलकोर्टबाहेकका अन्य बैठकमा सहभागी नहुने बताएका छन्।
कात्तिक ७ गतेयता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीशहरु, बार एसोसिएसनसहित कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन्। मन्त्रिपरिषद्मा भाग खोजेको, गोलाप्रथा लागू नगरेको, पेसी तोक्दा पक्षपात गरेको लगायतका आरोप लगाउँदै न्यायाधीशहरु र कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।