काठमाडौं- सर्वोच्च अदालत प्रवेशमा सञ्चारकर्मीलाई रोक लगाइएको छ।
मंगलबार सर्वोच्च अदालतमा समाचार संकलनका पुगेका सञ्चारकर्मीलाई अदालत प्रवेशमा रोक लगाइएको हो।
सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै भइरहेको विरोध कार्यक्रमको सोमबार समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई प्रहरी प्रशासनबाट अवरोध र दुर्व्यवहार भएको भन्दै बिरोध भइरहँदा आज पत्रकारलाई अदालत प्रवेशमा रोक लगाइएको हो।
कात्तिक ७ गतेयता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीशहरु, बार एसोसिएसनसहित कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले मूल गेटमा धर्ना दिँदै आइरहेका छन्। आज सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच केहीबेर 'धकेलाधकेल' भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।