काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन्।
कानुन व्यवसायीहरु सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेपछि प्रधानन्यायाधीश राणा महान्यायाधिवक्ताको कार्यालयको वैकल्पिक बाटोबाट अदालत प्रवेश गरेका हुन्।
राणा ११ बजेतिर महान्यायाधिवक्ताको कार्यालयको वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गरेका हुन्।
नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीहरुले मंगलबार पनि राणाविरुद्ध धर्ना दिएको छ। उनीहरुले आज दुवै गेटबाट प्रधानन्यायाधीशलाई प्रवेश गर्न नदिने बताएको थियो। मूल गेटसम्म पुगेका धर्नाकारीलाई त्यस भन्दा अगाडि प्रहरीले बढ्न दिएको थिएन।
न्यायाधीशहरु र कानुन व्यवसायी प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका भएपनि राणाले राजीनामा नदिने अडान लिएका छन्। सोमबार राणाले मिलेर अघि बढ्न आह्वान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।