काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश अधिवेशन सकेको छ। आइतबार सातवटै प्रदेशको एकैसाथ सुरू भएको प्रदेश अधिवेशन सोमबार सम्पन्न भएको राप्रपाले जनाएको छ।
केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट नेतृत्व चयन भएको छ। प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा, गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ मतदान प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन्।
यस्तै, प्रदेश २ मा भरत गिरी, बागमती प्रदेशमा विक्रमबहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको राप्रपाका महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिए।
लुम्बिनी प्रदेशमा भने मतपरिणाम आउन बाँकी रहेको श्रेष्ठले बताएका छन्।
पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ । मंसिर ३, ४ र ५ गते महाधिवेशन प्रतिनिधि छनोट हुने कार्यतालिका रहेको श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।