काठमाडौं– नेपाल चिकित्सक संघले सर्वोच्च अदालत (न्यायालय)मा देखिएको विवाद समाधानका लागि शान्तिपूर्ण र सहज वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै देशभरकै कानुन व्यवसायी आन्दोलित हुँदा कानुनी राज्य र विधिको शासनमाथी नै अवरोध सिर्जना भएको बताएका छन्।
'नेपालको इतिहासमा न्यायमूर्तिको रुपमा मानिएको सम्माननीय पदमा आसिन व्यक्ति विवादास्पद भइ देशभरका सम्पूर्ण कानून व्यावसायीहरु आन्दोलित भइरहेका छन्। जसका कारण कानुनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भइ न्याय सम्पादनमा देखिएको अवरोधले समग्र राष्ट्रकै गरिमामाथि गम्भीर आँच प्याएको नेपाल चिकित्सक संघको ठहर छ,' विज्ञप्तिमा भनिएको छ।
अदालतको गरिमालाई जोगाउनका लागि सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।