प्रतिकात्मक तस्बिर
काठमाडौं– सर्लाहीमा २ जना वडा सदस्य सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन्।
ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न गरेको सिफारिस गरिदिए वापत लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवै जनालाई पक्राउ गरेको हो।
पूर्व सूचनाको आधारमा अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले दुवै वडा सदस्यलाई सर्लाहीको लालबन्दी– ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।