काठमाडौं- पूर्व न्यायाधीश टोपबहादुर सिंहले न्यायालयमा देखिएको समस्या समाधानका लागि प्रधानन्यायाधीशको राजीनामा मात्रले नपुग्ने भन्दै संविधान संशोधन हुनुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित पूर्व न्यायाधीश फोरमको पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशको नियुक्तिदेखि अन्य विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन्। उनले न्यायपालिका सुधार अभियानमा कात्तिक ५ गते र आज गरि आफूहरुको दुई विज्ञप्ति आएको बताए।
राणा अयोग्य भएको १५ कारणसहित बहिर्गमनको माग स्वीकार गरि न्यायाधिश, कानुन व्यवसायी र अन्तर्रास्ट्रिय संस्थाले विवादित प्रधानन्यायाधीशको राजीनामा मागिरहेको भए पनि उनले नदिँदा संकट उत्पन्न भएको सिंहले बताए।
प्रधानन्यायाधीश स्वच्छ आचरण र सम्मान गर्न लायक हुनु पर्ने उनले बताए। बार र वेञ्चको सम्बन्ध न्यायालयप्रतिको आस्थामा टिकेको बताउँदै उनले अहिले समस्या आएका कारण प्रधानन्यायाधीशको बहिर्गमन आवश्यक रहेको बताए।
न्यायीक स्वतन्त्रता र मुद्दाको सुनुवाइको वातावरण हुनुपर्ने भन्दै उनले प्रधानन्यायाधीश राणाबाट न्यायपालिका जोगाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।