काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबार पनि आफूले मात्र सनुवाइ गरेका छन्। सोमबारका लागि राणाले आफूसहितका १० इजलास तोकेका थिए।
उनले २९८ वटा मुद्दाको पेसी राख्दै इजलास तोकेका थिए। जसमा बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि थिए। न्यायाधीश प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी तथा हरिकृष्ण कार्की र टंक मोक्तानको इजलासले बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरेको छ।
तर, उनीहरूले अन्य मुद्दा भने सुनुवाइ गरेनन्। प्रधानन्यायाधीश राणाले भने आफ्नो एकल इजलासमा चार वटा मुद्दाको सुनुवाइ गरेका छन्। पाँच वटा निवेदन पेसीमा राखेपनि एउटा हेर्न नमिल्ने हुँदा बाँकी चार वटामा उनले सुनुवाइ गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।