काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन भोलि मंगलबार दुवै गेट बन्द गर्ने चेतावनी दिएका छन्।
राणालाई सर्वोच्च छिर्न नदिने भनेर बारको अगुवाइमा कानुन व्यवसायीहरूले सर्वोच्च परिसरमा धर्ना दिने गरेका छन्। तर, राणा भने महान्यायाधिवक्ता कार्यालयको बाटो भएर सर्वोच्च छिरेका छन्।
शुक्रबार, आाइतबार र सोमबार राणा महान्यायाधिवक्ता कार्यालयको बाटो भएर सर्वोच्च छिरेका छन्। कानुन व्यवसायीले महान्यायाधिवक्ता कार्यालय अगाडि पनि धर्ना दिन खोज्दा प्रहरीले अवरोध गरेको थियो।
राणाले भने दालतमा भइरहेको आन्दोलनका विषयमा पहिलोपटक औपचारिक अभिव्यक्ति दिएका छन्।
सर्वोच्च अदालतमा देखिएको अवरोध अन्त्य गर्न सबैको एकता आवश्यक रहेको प्रधानन्यायाधीश जबराले बताएका हुन्। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गरेका छन्।
राणाले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न आफू तयार रहेको उल्लेख गरेका छन्।
आफ्नो राजीनामा माग गर्दै न्यायाधीश र बार एसोसिएसनले आन्दोलन चर्काउँदै लगेपछि प्रधानन्यायाधीश राणाले आफू न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्न तयार रहेको बताएका हुन्।
नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीहरु प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्। राणाले भने राजीनामा नदिने अडान लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।